

-
डोटी । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ ।
गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका दुई हजार ४४४ को कोरोना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “किट सकिएको छ, भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण गर्न सकेका छैनौँ, किट नआउँदा परीक्षणको काम बन्द भएको छ ।”
जिल्लामा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि बन्द भएको छ । पिसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताए । उनले भने, “हामीसँग कोरोना परीक्षण गर्ने किट सकिएको छ, माग गरेका छौँ, किट नहुँदा कोरोना परीक्षणको काम रोकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसीआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । तर आवश्यक सामग्री तथा किट नहुँदा हाल कैलालीमा मात्रै पिसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।
कोरोना परीक्षण गर्ने किट नभएका कारण भारतबाट आएका स्थानीयवासीको रोगको अवस्थाका बारेमा अहिलेसम्म बुझ्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना परीक्षण नगरिएकाहरु निर्वाधरूपमा गाउँघरमा घुमिरहेका कारण स्थानीयवासीमा यकिन जानकारी नहुँदा शङ्का उत्पन्न हुन थालेको बोगटान फुड्सिल गाउँपालिकाका हर्कबहादुर बोहराले बताए । उनले भने, “भारतबाट आएकाहरु गाउँमा घुमिरहेका छन्, कोरोना परीक्षण भएको छैन, कसैमा कोरोना भए सबैलाई समस्या हुन्छ ।”
किट अभावमा सङ्क्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षण हुनसकेको छैन । भारतबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन राखेर घर पठाए पनि किट अभावमा उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुनसकेको छैन । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसीआर र आरडिटीबाट हालसम्म १७ हजार ५२४ को कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा अहिलेसम्म तीन हजार ३७४ जना राखिएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमभरि हालसम्म दुई हजार ९२३ जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पाँच जनाको पोजेटिभ र बाँकी अन्य सबैको नतिजा नेगेटिभ आएको छ ।
सङ्क्रमित पाँचमध्ये चार निको भएर घर फर्किसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । पछिल्लो समय जिल्लामा आरडिटी किटको अभाव भएपछि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । उनले भने, “प्रदेश सरकारसँग किट माग गरेका छौँ, त्यहाँ पनि किट अभाव भएको रहेछ, केही दिनमा आउने जानकारी पाएका छौँ ।” कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो । तर किट अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
News Desk 0 response शनिबार, बैशाख २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


