

-
काठमाडौँ । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ । स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालले जानकारी दिइन् ।
उनले अस्पतालमा आँखा र दाँतको उपचारबाहेक अस्पतालले दिने अन्य सबैखाले उपचार सेवा उपलब्ध गराइएको बताइन् । प्रशासकीय अधिकृत नेपालका अनुसार अहिले दैनिक २०० हाराहारी बिरामीले ओपिडी सेवा लिइरहेका छन् । पहिला सामान्य अवस्थामा बढीमा एक हजार २०० बिरामी ओपिडी सेवामा हुन्थे । अस्पतालले लकडाउन जारी भएपछि शुरुमा बिनाटिकट बिरामीको उपचार गरेको थियो भने पछिल्लोपटक सेवा नियमित गरेपछि टिकट काटेर सेवा दिएको जनाएको छ ।
अस्पतालले कोभिड–१९ का बिरामीलाई लक्षित गरेर ‘फिवर क्लिनिक’ सञ्चालन गरिरहेको छ । कोभिडका शङ्कास्पद बिरामी देखिएको अवस्थामा अन्य कोभिड उपचार हुने अस्पतालमा सिफारिस गर्ने गरिएको अस्पतालले जनाएको छ । क्लिनिकमा धेरै सङ्ख्यामा बिरामी आएका छैनन् । अस्पतालले प्रसूति सेवा नियमित गरिरहेको छ । हाडजोर्नीलगायतको शल्यक्रिया पनि गरिँदै आएको प्रशासकीय अधिकृत नेपालले बताए ।
अस्पतालले स्वास्थ्य परीक्षण ‘होलबडी चेकअप’ को सेवा दिए पनि साधारण अवस्थाका बिरामीलाई सेवा दिएको छैन । त्यो भनेको सामान्य अवस्थामा व्यक्तिको इच्छाअनुरुपका स–साना परीक्षणलाई रोकिएको छ । चिकित्सकको सिफारिसअनुसारका मात्रै परीक्षण गरिने गरिएको छ ।
News Desk 0 response शनिबार, बैशाख २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



