

-
बागलुङ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणमा समस्या भएको हो ।
बागलुङमा दुई कोरोना सङ्क्रमितको सफल उपचार गराइसकेको धवलागिरि अस्पतालले किटको अभाव हुन थालेको बताएको छ । धवलागिरि अञ्चल अस्पतालले शल्यक्रिया गर्ने बिरामी तथा शङ्कास्पद लक्षण भएर अस्पतालमा आएकालाई तत्कालै किटको सहायताले आरडिटी परीक्षण गर्नुपर्ने भए पनि पर्याप्त किट नभएको धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
“अहिले अस्पतालमा पर्याप्त आरडिटी छैन, थोरै किट आकस्मिक प्रायोजनका लागि राख्नुपर्ने हुन्छ”, पोखरेलले भने, “स्वास्थ्यकर्मी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सङ्क्रमितको अग्रभागमा उपचार गराइसकेका चिकित्सकको समेत शङ्कास्पद अवस्थामा आरडिटी गर्नुपर्ने भएकाले अस्पतालमा पर्याप्त किट चाहिन्छ ।” बागलुङमा नेपालका पाँचौँ र छैटौँ कोरोना सङ्क्रमित फेला परेपछि ठूलो मात्रमा आरडिटी परीक्षण गरिएको छ । अझै पनि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएकाको आरडिटी परीक्षण गर्न आवश्यक रहेकाले थप किट चाहिएको हो । कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरी घर गएको अवस्थामा समेत नेपालमा पुनः कोरोना देखिएको भन्दै बागलुङमा समेत जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।
हाल बागलुङमा एक हजार १५२ लाई आरडिटी र ६८ जनालाई पिसीआर विधिबाट कोरोना परीक्षण गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । गुरौंले अहिले जिल्लामा जम्मा ६० वटा आरडिटी किटमात्रै मौज्दात रहेको र पिसीआर परीक्षणका लागि स्वाब निकाल्ने भिटीएमको समेत अभाव रहेको बताउनुभयो । जिल्लामा अहिले शङ्कास्पद, क्वारेन्टाइनमा बसेकाको मात्रै आवश्यकताअनुसार आरडिटी र पिसीआर परीक्षण गरिने गुरौंको भनाइ छ । अभाव हुन थालेको आरडिटी किट र भिटीएम जिल्लामा झिकाउनका लागि पहल भइरहेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख २६, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२