

-
बागलुङ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणमा समस्या भएको हो ।
बागलुङमा दुई कोरोना सङ्क्रमितको सफल उपचार गराइसकेको धवलागिरि अस्पतालले किटको अभाव हुन थालेको बताएको छ । धवलागिरि अञ्चल अस्पतालले शल्यक्रिया गर्ने बिरामी तथा शङ्कास्पद लक्षण भएर अस्पतालमा आएकालाई तत्कालै किटको सहायताले आरडिटी परीक्षण गर्नुपर्ने भए पनि पर्याप्त किट नभएको धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
“अहिले अस्पतालमा पर्याप्त आरडिटी छैन, थोरै किट आकस्मिक प्रायोजनका लागि राख्नुपर्ने हुन्छ”, पोखरेलले भने, “स्वास्थ्यकर्मी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सङ्क्रमितको अग्रभागमा उपचार गराइसकेका चिकित्सकको समेत शङ्कास्पद अवस्थामा आरडिटी गर्नुपर्ने भएकाले अस्पतालमा पर्याप्त किट चाहिन्छ ।” बागलुङमा नेपालका पाँचौँ र छैटौँ कोरोना सङ्क्रमित फेला परेपछि ठूलो मात्रमा आरडिटी परीक्षण गरिएको छ । अझै पनि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएकाको आरडिटी परीक्षण गर्न आवश्यक रहेकाले थप किट चाहिएको हो । कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरी घर गएको अवस्थामा समेत नेपालमा पुनः कोरोना देखिएको भन्दै बागलुङमा समेत जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।
हाल बागलुङमा एक हजार १५२ लाई आरडिटी र ६८ जनालाई पिसीआर विधिबाट कोरोना परीक्षण गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । गुरौंले अहिले जिल्लामा जम्मा ६० वटा आरडिटी किटमात्रै मौज्दात रहेको र पिसीआर परीक्षणका लागि स्वाब निकाल्ने भिटीएमको समेत अभाव रहेको बताउनुभयो । जिल्लामा अहिले शङ्कास्पद, क्वारेन्टाइनमा बसेकाको मात्रै आवश्यकताअनुसार आरडिटी र पिसीआर परीक्षण गरिने गुरौंको भनाइ छ । अभाव हुन थालेको आरडिटी किट र भिटीएम जिल्लामा झिकाउनका लागि पहल भइरहेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख २६, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



