

-
खजुरा । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा रहेकामध्येबाट स्वाब सङ्कलन गरी परीक्षण गर्दा आइतबार थप १५ जनामा सङ्क्रमण देखिएको थियो । ती सबै जनालाई कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।
बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितमा सातजना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । अन्य सङ्क्रमित आठजना पुरुषमध्ये १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा शनिबार सङ्कलन गरिएको स्वाब नमूनामध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको छ । आइतबार थप चारजनाको स्वाब सङ्कलन गरिएको र त्यसको पनि नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३



