

-
खजुरा । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा रहेकामध्येबाट स्वाब सङ्कलन गरी परीक्षण गर्दा आइतबार थप १५ जनामा सङ्क्रमण देखिएको थियो । ती सबै जनालाई कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।
बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितमा सातजना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । अन्य सङ्क्रमित आठजना पुरुषमध्ये १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा शनिबार सङ्कलन गरिएको स्वाब नमूनामध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको छ । आइतबार थप चारजनाको स्वाब सङ्कलन गरिएको र त्यसको पनि नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
News Desk 0 response सोमवार, बैशाख २२, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२