

-
काठमाडौँ । बाँकको नेपालगञ्जमा पुनः छ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको बताएका छन् । उनका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया रहेका छन् । योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसअघि आज नै बाँकेमा नौजनामा सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेका सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको पहिलोपटक हो ।
आजै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सामा एक र बाँकेको नेपालगञ्जमा नौ जनामा कोभिड सङ्क्रमण देखिएको बताएका थिए । नेपालगञ्जमा भेटिएका कोरोना सङ्क्रमितमध्ये पाँच पुरुष र चार महिला रहेका थिए । उनीहरुमध्ये सात वर्षदेखि ५८ वर्ष उमेरका छन् ।
आजै पर्साका ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । उनलाई रुपन्देही अस्पतालमा उपचारका लागि लगिएको छ भने बाँकी नौ जनालाई नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउने क्रममा रहेको प्रवक्ता देवकोटाले बताएका थिए ।
यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



