

-
कोरोना भाइरस रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो ।
अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । मङ्गलबार रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश नं २ कोस्वास्थ्य निर्देशनालयको कार्यालय, जनकपुरधामले जनाएको छ ।
प्रदेशमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ । हालसम्म सङ्कलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा सङ्क्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिएका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ, यसमा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक रहेका छन् । प्रदेशमा सङ्क्रमितमध्ये पर्सामा भेटिएका तीन भारतीय र रौतहटका एक उपचारपछि निको भएर घर फर्किसकेका छन् । अब पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एक उपचाररत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२