

-
पोखरा । मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादित साग दैनिक जोमसोम विमानस्थल हुँदै पोखरा आउने गरेको छ । पोखराबाट काठमाडौँलगायतका शहरमा पनि यहाँको साग पुग्छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै विगत ३६ दिनयता जारी बन्दाबन्दीका कारण सागजन्य उत्पादनले बजार नपाउँदा यहाँका कृषक समस्यामा परेका छन् । कृषकले भोगिरहेको समस्यालाई दृष्टिगत गर्दै जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले कृषकलाई केही न केही राहत होस् भन्ने उद्देश्यले त्यहाँको साग खरिद गरी पोखरामा ल्याएका हुन् । मुस्ताङबाट आफ्नो निजी खर्चमा खरिद गरेर ल्याए पनि विष्टले उक्त साग कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सम्भव भएसम्म निःशुल्क वितरण गर्दै आएका छन् ।
यस अवधिमा दुई चरण गरी तीन हजार किलो साग मुस्ताङदेखि खरिद गरी ट्रकमा पोखरा ल्याएको बताउँदै उनले अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई साग वितरण गरेको जानकारी दिए । मुस्ताङका किसानको बारीबाट ३० प्रति किलोग्रामका दरले खरिद गरिएको साग प्रदेश राजधानी पोखरामा अत्यन्त संवेदनशील बन्नुपर्ने महामारीको यस क्षणमा अग्रमोर्चामा खटिनेका लागि आफूले केही हदसम्म भए पनि सहयोगस्वरुप प्रदान गरेको उनको भनाइ छ ।
घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका लगभग ५० विपन्न घरपरिवारले उत्पादन गरेको मार्फाको साग उपल्लो मुस्ताङका ट्रक व्यवसायीको निःशुल्क ढुवानी सहयोगले पोखरा बजारसम्म ल्याउन सकेको बताउँदै प्रदेशसभा सदस्य विष्टले भने, “यो सिजन सागको हो, मार्फा क्षेत्रमा अहिले पनि पाँच हजार किलोभन्दा बढी उत्पादित साग रहेको छ ।”
नरम, लयालु छिटो पाक्ने र स्वादिष्ट ‘हाइअल्टिच्युट’मा उत्पादित जैविक मार्फाको साग सामान्य अवस्थामा हवाईजहाजमा किलोको ५० शुल्क तिरेर पोखराको बजारमा १०० देखि १५९ सम्ममा बिक्री हुँदै आएको थियो । उपल्लो मुस्ताङका ट्रक व्यवसायी वाङजी गुरुङले खाद्यान्न सामग्री लिएर गएकोे र फर्कने क्रममा आफ्नै जनप्रतिनिधिको आग्रहमा मार्फाको साग निःशुल्क पोखरासम्म ढुवानी गरेको बताए ।
मुस्ताङबाट लोड गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र अगाडिबाट साग वितरण गरिरहेको अवस्थामा भेटिएका ग१अ ५१३८ नंको ट्रकका साहुसमेत रहेका उनले भने, “बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेकालाई आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्दछ भन्ने सोचले निःशुल्क ढुवानीको व्यवस्था गरेको हुँ ।”
यसअघि पहिलोपटक किमी गुरुङको सहयोगमा दुई हजार किलो साग पोखरामा ल्याएर वितरण गरिएको थियो भने माथिल्लो मुस्ताङमा रहेको अन्य ट्रकले समेत आवश्यकतानुसार मुस्ताङबाट पोखरासम्म लाने कृषिजन्य सामग्री निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य विष्टले बताए ।
हिमालपारिको जिल्ला मुस्ताङको सिमी, स्याउ, च्याङग्रालगायका विभिन्न उत्पादन एवं उत्पादित वस्तुबाट बनेका परिकारको स्वदेश तथा विदेशमा अत्यधिक माग हुने गरेको स्थानीयवासी बताउँछन् ।
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



