

-
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २८३ व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए ।
परीक्षण गरिएकामध्ये १० जनाको आरडिटीबाट पोजेटिभ र पिसिआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पिसिआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७६३ को नमूनामध्ये दुई हजार ७६१ को परीक्षण भएकामा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ ।
यो विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसक्नुभएको छ । दुई नमूना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ ।
News Desk 0 response मङ्लबार, बैशाख १६, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२