

-
कञ्चनपुर । कञ्चनपुरमा एक हजार ७०८ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ ।
गत चैत २७ गतेदेखि शुरु गरिएको र्यापिड टेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ ।
भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी र्यापिड टेष्ट गरिएको छ । तेस्रो मुलुकबाट फर्केका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका भारतीय शहर मुम्बै, दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिको र्यापिड टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत र्यापिड टेष्ट गरिएको छ ।
भीमदत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको र्यापिड टेष्ट विधिबाट परीक्षण गरिएको छ । यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेष्ट गरिएको छ ।
कतार, दुवइ, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना सङ्क्रमणको दर उच्च रहेका मुम्बै, नयाँ दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौँ, ओखलढुङ्गालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको र्यापिड टेष्टको कार्यसमेत गरिएको छ ।
आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, बेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको र्यापिड टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ रहेको छ । र्यापिड टेष्टमा शरीरमा एन्टीबडी रहे नरहेको जाँच गरिन्छ ।
जिल्लामा हालसम्म २०५ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उनी उपचारपछि घर फिर्ता भइसकेका छन् । अन्यको नतिजा नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये दुईजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
कञ्चनपुरमा रहेको ६०६ श्ययाको क्वारेन्टाइनमा छजना महिलासहित १५६ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको र्यापिड टेष्टको कार्य शुरु गरिएको छ । तेस्रो मुलुकबाट जिल्लामा चैत महिनामा भित्रिएका १३० जना व्यक्ति रहेका छन् ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२