

-
बागलुङ । कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमति उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन् ।
बागलुङ नगरपालिका–४ कुँडलेकी १९ वर्षीया अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल अस्पतालबाट कोरोनामुक्त भएर घर फर्कनु र नयाँ सङ्क्रमित फेला नपरेका कारण कोरोनाको जोखिम टर्दै गएको दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गराइसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
पोखरेलले बागलुङमा थप कोरोना सङ्क्रमित पुष्टि नहुनु र भइसकेका डिस्चार्ज हुनुले जोखिम हट्दै गए पनि उद्धारका नाममा बागलुङ भित्रिएकाले चुनौती सिर्जना गर्न थालेको गुनासो गरे । “अब बागलुङमा कोरोनाको जोखिम टर्दै गएको हो”, डा पोखरेलले भने, “उद्धारका नाममा बागलुङ भित्रिएकाबाहेक अरुमा कोरोना सङ्क्रमण नहुन सक्छ, किनकि धेरै एक महिना अगाडि नै बागलुङ आएका थिए ।” पोखरेलका अनुसार लकडाउनपूर्व आएकाको सबैको द्रुत परीक्षण गर्नु र होम क्वारेन्टाइनमा बस्दा कोरोना सर्ने जोखिम कम भएको थियो ।
हालसम्म एक हजार ३० जनामा कोरोनाको द्रुत परीक्षण र १०० बढीको स्वाब परीक्षण सम्पन्न गर्दा दुई जनाबाहेक कसैलाई पनि कोरोना पुष्टि हुन नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । दुईबाहेक थप सङ्क्रमितको पुष्टि हुन नसकेको अवस्था र सङ्क्रमितका परिवारलाई समेत कोरोना नसरेको अवस्थामा बागलुङ ‘सेफल्यान्डिङ’तर्फ गइरहेको बागलुङमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । कोरोनाको जोखिम हट्दै गएको सन्दर्भमा विभिन्न व्यक्तिले उद्धारका नाममा काठमाडौँ, पोखरा तथा भैरहवादेखि मानिस बागलुङ भित्र्याउन थालेपछि कोरोनाको जोखिम हट्दै गएको बागलुङमा थप समस्या पैदा हुनसक्ने डा पोखरेलको भनाइ छ । बागलुङमा पछिल्लो एक हप्तामा झण्डै एक हजार ६०० मानिस भित्रिएका छन् ।
सत्र दिनको अस्पताल बसाइपछि मनकुमारी पौडेल र २८ दिनको बसाइपछि अंशु सापकोटा कोरोनामुक्त भएर घर फर्केसँगै बागलुङका नागरिकलाई राहत मिलेको छ । नेपालमै पाँचौँ र छैटौँ सङ्क्रमित बागलुङमा पुष्टि हुँदा निकै भयानक स्थिति पैदा हुने आशङ्का गरे पनि दोस्रो व्यक्तिमा कोरोना सर्न नपाएका कारण थप जोखिम बढ्न नपाएको हो ।
गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका बागलुङका दुई सङ्क्रमितमध्ये चैत १५ गते सापकोटा र चैत २० गते पौडेलमा कोरोना पुष्टि भएको थियो । उनीहरुले आत्मबलका कारण कोरोना जितेर घर फर्केको प्रतिक्रिया दिए । दुई कोरोना सङ्क्रमित अस्पतालबाट सकुशल घर फर्कनु र थप सङ्क्रमितको पुष्टि नहुनुले बागलुङमा कोरोनाको जोखिम हट्दै गएको हो ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



