

-
झापा । झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
“कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्”, सभापति ढकालले भने, “स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०÷६० जना रहेको जानकारी आएको छ ।” उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उनले बताए ।
उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
“सीमा क्षेत्रमा नेपाली रहेका छन्, उनीहरुलाई ल्याउने पहल भइरहेको छ”, उनले भने, “त्यसका लागि पूर्वतयारीअनुरुप क्वारेन्टाइन बनाउन लागिएको हो ।” एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताए । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउँछन् ।
यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।
यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।
News Desk 0 response आइतवार, बैशाख १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



