

-
तनहुँ । तनहुँमा शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका छ पुरुष र पाँच महिला गरी ११, बन्दिपुरमा तीन पुरुष र एक महिला गरी १५ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । व्यासनगरपालिका– ४ मा शुक्रबार १० जनालाई क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ जना पुगेको हो ।
व्यासनगरपालिका–४ मा डेरा गरी विगत लामो समयदेखि बस्दै आएका १० भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । पोखराबाट आएका साथीहरुसँग बिहीबार घरमा जान भनी बस चढेर हिँडेका उनीहरुलाई भारत र नेपालको बोर्डर भन्टाबारी कोशी ब्यारेजबाट फर्काइदिएपछि पुनः दमौली फर्किएका हुन् । बसबाट झर्नसमेत नदिई त्यही चढेर गएको बसमा हामीलाई दमौलीतर्फ नै फर्काइदिएको पश्चिम बङ्गाल घर भई हाल क्वारेन्टाइनमा बस्दै आएका महम्मदधाबी मुल्लाहाले बताए । व्यासनगरपालिकाले सुरक्षित किसिमले राखी दिएको छ । उनले भने, “दुई हप्ता बसेपछि पुनः आफ्नै कोठामा फर्किनेछौँ ।”
शुक्रबार बिहान दमौली झरेपछि व्यासनगरपालिका कार्यालयद्वारा उनीहरुको उद्धार गरी व्यासनगरपालिका–४ स्थित मदरसा प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरी राखिएको वडाध्यक्ष विश्वराज न्यौपानेले बताए । उनीहरुको खानाका लागि व्यासनगरपालिका कार्यालयबाट व्यवस्था गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उनीहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको हो उनले भने ।
पाँच सय ६३ को आरडिटी परीक्षण
तनहुँमा विभिन्न देशबाट घर फर्किएका ७५४ पुरुष र ८९ महिला गरी ८४३ मध्ये ५६३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए ।उनका अनुसार व्यासनगरपालिकामा २०२, शुक्लागण्डकीमा १२४, भीमाद नगरपालिकामा ११७, ऋषिङ गाउँपालिकामा १०३, भानुनगरपालिकामा ९०, घिरिङ गाउँपालिकामा ७०, म्याग्दे गाउँपालिकामा ४३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ आँबुखैरेनी गाउँपालिकामा २६ जना गरी ८४३ विदेशबाट घर फर्किएका छन् ।
त्यसैगरी जिल्लामा हालसम्म १८ जनाको स्वाब सङ्कलन गरी पोखरा परीक्षणका लागि पठाइएकामा उनीहरुको पनि नेगेटिभ देखिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन रोक्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहका वडा वडामा पुगेर उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । हाल जिल्लामा परीक्षणका लागि किट अभाव रहेकाले मगाउने कार्य भइरहेको उनले बताए ।
जिल्लामा १० पालिकामध्ये चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडामा पुगेर विदेशबाट घर फर्किएका व्यक्तिको आरडिटी परीक्षण गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए ।
जिल्लामा २५ स्थानमा १८१ श्ययाको क्वारेन्टाइन र ४२ श्ययाको आइसोलेशन स्थापना गरिएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य भेटिएको छ । तनहुँको देवघाटस्थित क्वारेन्टाइनमा बस्दै आएक एक पुरुष समयावधिसम्म रहँदा उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि घर फर्किसकेका छन् । रासस
News Desk 0 response शनिबार, बैशाख १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



