

-
सर्लाही । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन् ।
असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पुर्याएको हो । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्याएको छ । हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पुर्याएको स्थानीयवासीले जनाएका छन् ।
यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते भएको वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिए । घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताए ।
ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । “ठूलो–ठूलो असिना झर्यो । एकैछिनमा मकैबाली र तरकारी कुट्यो”, खेतमा काम गरिरहेको ६० वर्षीया जेसुनमाया घिसिङले भनिन्, ठूलाठूला असिनाले चुट्दा आफू घाइते भएँ ।”
असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ । तीव्रगतिका हावाहुरीका कारण जिल्लाको कतिपय स्थानमा बिजुलीका पोल रुख ढलेका छन् । जसका कारण विद्युत् प्रसारण अवरुद्ध भएको छ । त्यस्तै जिल्लाको बसबरिया गाउँपालिकामा समेत असिनाले ठूलो क्षति पु¥याएको वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।
“लकडाउनको समय छ । खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पु¥यायो”, उनले भने, “आँप, मकै र तरकारीबालीमा क्षति पुर्याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।” असिनाले बसबरिया गाउँपालिकामा पनि ठूलो क्षति पुर्याउनुका साथै घरहरुमा समेत क्षति पगुेको वडाध्यक्ष यादवले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिनापानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पुर्याएको छ । आँप, मकैबाली र तरकारीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । हावाहुरी र असिनापानीबाट के कति क्षति पुर्याए भनेर विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
News Desk 0 response शनिबार, बैशाख १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



