

-
जनकपुरधाम । प्रदेश नं २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
यस सम्बन्धमा प्रदेश नं २ को समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् । उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि पिसीआर मेसिनबाट परीक्षणका लागि स्वाब लिएर राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यहाँबाट वैशाख ११ गते किशोरको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलनका लागि टोली खटिएको हो ।
दिल्लीमा बस्दै गरेका किशोर चैत २३ गते भारतको चम्पारण जिल्लास्थित ढाकाको क्वारेन्टाइनमा आठ दिन बसेका थिए । त्यहाँबाट उनीसहित आठ जना एम्बुलेन्समा बसेर रौतहटको बैरगनिया आएको र त्यहाँबाट एक जनालाई साथमा लिएर आफ्नो घर हरकट्वा आइपुगेको सचिव डा घिमिरेले बताए । परिवारका सदस्यले उनलाई घरमा बस्न नदिएपछि स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । किशोरको यात्राका साथै सम्पर्क गरेको व्यक्तिको खोजीकार्य पनि भइरहेको उनले बताए ।
यसैबीच प्रदेश नं २ मा एक हजार ५०० जनाको स्वाब सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रका छ र प्रदेशका दुई गरी आठ स्वास्थ्यकर्मी टोली प्रदेशका आठवटै जिल्लामा परिचालन भएका छन् । सो टोलीलाई स्थानीय स्वास्थ्यका प्राविधिकले समेत सहयोग गर्नेछन् । ती स्वाबको रिपोर्टपछि यस प्रदेशमा कोरोनाको वस्तुस्थितिबारे जानकारी प्राप्त हुने उनले बताए ।
यस प्रदेशमा अहिलेसम्ममा चार हजार ३३१ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७१५, सिरहामा ३२१, धनुषामा ३१०, महोत्तरीमा १५०, सर्लाहीमा १२५, रौतहटमा ४४१, बारामा १२९ र पर्सामा दुई हजार ९८ को आरडिटी परीक्षण गरिएको हो । यसका साथै ६६६ जनाको पिसीआर गरिएकामा ६१६ को रिपोर्ट नेगेटिभ आएको, ४५ को रिपोर्ट आउन बाँकी रहेको छ भने पाँच कोरोना सङ्क्रमित छन् । ती पाँचै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
यस प्रदेशमा एक हजार ३६६ क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा रहेको सचिव डा घिमिरेले जानकारी गराएका छन् ।
News Desk 0 response शनिबार, बैशाख १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



