

-
गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले सिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
सिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमूना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।
भुल्केसहित मोतिगडाका सात स्थान र सिवाईका आठ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ ।
भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र सिवाईका तीन टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि सिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मोतिगडा क्षेत्र पनि भुल्केसँंगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरु नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



