

-
गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले सिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
सिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमूना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।
भुल्केसहित मोतिगडाका सात स्थान र सिवाईका आठ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ ।
भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र सिवाईका तीन टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि सिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मोतिगडा क्षेत्र पनि भुल्केसँंगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरु नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२