

-
काठमाडौँ । थप दुई जनासहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आज थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । केही दिन अगाडि काठमाडौँको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज भएका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्किएका हुन् ।
कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । क्वरेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेशनमा ८६ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



