

-
दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ ।
व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले उक्त स्यानिटाइजर टनेल निर्माण गरेका हुन् ।ढुङ्गानाका अनुसार अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ ।
उनका अनुसार स्यानिटाइजर टनेल निर्माणका लागि रु ३५ हजार खर्च भएको छ । स्यानिटाइज गर्नका लागि दश लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र त्यसलाई ३० हजार लिटर क्षमतामा वृद्धि गर्ने तयारी गरिएको छ । “एक व्यक्तिलाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुन्छ,” उनले भने, “मानिस उक्त टनेलभित्र रहेको अवस्थामा रातो बत्ती बल्छ र निस्किएपछि हरियो बत्तीले सङ्केत दिन्छ ।”
अस्पताल संवेदनशील ठाउँ रहेकाले सेवा लिन आउने प्रत्येक सर्वसाधारणलाई स्यानिटाइज गराएर मात्रै अस्पतालमा प्रवेश दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
स्यानिटाइजर टनेलको शुभारम्भ कार्यक्रममा बुधबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोरोनाबाट बच्नका लागि सुरक्षा सावधानी अपाउनुपर्ने पहिलो दायित्व रहेकाले अस्पतालमा टनेल निर्माण गरिनु सकारात्मक रहेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलगायतले कोरोनाबाट बच्न सरसफाइ र सतर्कतामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । रासस
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



