

-
दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ ।
व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले उक्त स्यानिटाइजर टनेल निर्माण गरेका हुन् ।ढुङ्गानाका अनुसार अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ ।
उनका अनुसार स्यानिटाइजर टनेल निर्माणका लागि रु ३५ हजार खर्च भएको छ । स्यानिटाइज गर्नका लागि दश लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र त्यसलाई ३० हजार लिटर क्षमतामा वृद्धि गर्ने तयारी गरिएको छ । “एक व्यक्तिलाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुन्छ,” उनले भने, “मानिस उक्त टनेलभित्र रहेको अवस्थामा रातो बत्ती बल्छ र निस्किएपछि हरियो बत्तीले सङ्केत दिन्छ ।”
अस्पताल संवेदनशील ठाउँ रहेकाले सेवा लिन आउने प्रत्येक सर्वसाधारणलाई स्यानिटाइज गराएर मात्रै अस्पतालमा प्रवेश दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।
स्यानिटाइजर टनेलको शुभारम्भ कार्यक्रममा बुधबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोरोनाबाट बच्नका लागि सुरक्षा सावधानी अपाउनुपर्ने पहिलो दायित्व रहेकाले अस्पतालमा टनेल निर्माण गरिनु सकारात्मक रहेको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलगायतले कोरोनाबाट बच्न सरसफाइ र सतर्कतामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । रासस
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२