

-
काभ्रेपलाञ्चोक । विभिन्न मुलुकबाट गत फागुनयता घर फर्किएका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ । स्थानीयस्तरमै गरिएको आरडिटीमा सबैको ‘रिपोर्ट नेगटिभ’ देखिएको छ ।
जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाको समन्वयमा विदेशबाट आएका ४५८ कै कारोना भाइरस परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार चैत महिनामा मात्रै घर फर्किएका २५१ जनाको पहिलो चरणमा आरडिटी गरिएको हो । “विदेशबाट जिल्लामा फर्किएकामध्ये पहिलो र दोस्रो चरणमा गरिएको आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ आएको छ”, झाले भने । कार्यालयले विदेशबाट फर्कने सबैको आरडिटी सकिएको र कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि गरेको छ ।
झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाको दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) मा नेगेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार फागुन १५ गतेयता ४५८ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । आरडिटीका लागि काभ्रेपलाञ्चोकमा वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयद्वारा ५०० र सङ्घीय कार्यालयद्वारा प्राप्त ४०० किट उपलब्ध गराइएको थियो । विदेशबाट आएकाको चैत अन्तिम सातादेखि परीक्षण थालिएको हो ।
विदेशबाट फर्किएका आठलाई मण्डनदेउपुर नगरस्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरुको क्वारेन्टाइन बसाइ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरी (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएकाको परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान भइरहेको छ । पहिलो चरणमा मण्डनदेउपुर नपा र बेथानचोक गाउँपालिकाबाट खोजीकार्य भइरहेको जनाइएको छ । “सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दैछौँ, भाइरस सङ्क्रमण शङ्कास्पद देखिएमा परीक्षण गर्दै जानेछौँ”, झाले भने ।
जिल्लाका तेह्र स्थानीय तहले २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन, जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । ती क्वारेन्टाइन भने हाल रित्तिएको अवस्थामा छन् ।
धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२