

-
ललितपुर । महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो ।
परीक्षणका लागि बुधबारसम्म नाम टिपाउने नगरवासीको सङ्ख्या ८२ पुगिसकेका नगरपालिका प्रमुख रामेश्वर क्षेष्ठले जानकारी दिए । उनले भने, “एक सय बढी नगरवासीले दोस्रोपटक कोरोना परीक्षण गर्ने स्थिति देखिएको छ ।” यसपटक जनप्रतिनिधि, स्वयंसेवक र स्वास्थ्यकर्मीले विदेशबाट आई घरमा बसेका सबैलाई खोजी–खोजी कोरोना परीक्षण गर्न बोलाएको श्रेष्ठले बताए ।
नगरपालिकामा जनघनत्व ठूलो भएकाले यी व्यक्ति पहिलो चरणमा छुटेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए ।
गोदावरी नगरपालिकाले पनि दोस्रोपटक र्यापिड परीक्षण गर्ने भएको छ । पहिलोपटक परीक्षणमा उपस्थित नभएका नगरवासीलाई ध्यानमा राखी दोस्रोपटक परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।
यता ललितपुर महानगरपालिकाले यही वैशाख २ र ३ गते पहिलो चरणमा २५६ र वैशाख ९ गते दोस्रो चरणमा ८३ जनाको र्यापिड परीक्षण गरिसकेको छ । छिमेकी देशबाट कोही लुकेर महानगरपालिका प्रवेश गरेका छन् भने आवश्यकताअनुसार तेस्रोपटक पनि कोरोना परीक्षणका लागि कदम अघि बढाउन सकिने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताए । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा कोरोना परीक्षण सम्पन्न भइसकेको छ । वाग्मतीका २१ गाउँवासीले वैशाख ८ गते ¥यापिड डायग्नोष्टिक परीक्षण गराइसकेका गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चले बताए ।
कोञ्ज्योसोमले वैशाख ४ गते १२ जना विदेशबाट फर्किएका नागरिकको र्यापिड परीक्षण गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले बताए । महाँकालले वैशाख ४ गते १० जना विदेशबाट फर्किएका गाउँवासीको र्यापिड परीक्षण गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२