

-
सप्तरी । थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण र आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । आरोपित घाइते सोगवीरका भिनाजु हुन् ।
सप्तरीको चनही मल्हनिया घर भई ससुरालीमा घरज्वाइँ बस्दै आएका आरोपित र उनका साला सोगवीरबीच जमिनको विषयमा विवाद रहेको छ । कदमको रुख काट्ने विषयमा सोमबार विवाद हुँदा धारिलो हतियारले सालाको कान छिनिएको हो । आरोपितले घाँटी ताकेर प्रहार गरेको खुकरी छल्दा कान काटिएको घाइतेले बताए । छिनिएको कान लिएर उपचारका लागि घाइते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेको घाइतेका दाजु रघुवीर रामले बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आरडिटी पोजेटिभ देखिएका उनको स्वाब परीक्षणका लागि आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बताए ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



