

-
तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या रहेको हो । स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दबाब भए पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको पनि स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुवेदी बताए । अहिले भुल्केवासी र गाईघाट बजारवासीले दिनानुदिन कोरोनाको सङ्क्रमण स्थानीयवासीमा देखिने र पुष्टि हुँदै गएपछि छिटोभन्दा छिटो सबै अन्य स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्नुपर्ने माग गरेका छन् ।
भुल्केमा अहिले कोरोना सङ्क्रमित भएका २४ मध्ये १० जना सोही स्थानका स्थानीय बासिन्दा रहेको र धेरै भुल्केका कोरेना सङ्क्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने गरेको गाईघाट वडा नं १२ का वडाध्यक्ष जयविक्रम राई बताउँछन् । अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको र आफूहरुको माग रहेको गाईघाटका स्थानीयवासी बताउँछन् ।
यता त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको बताउँछन् । उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने कारण पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कोरोना जाँच र स्वाब नमूना सङ्कलन गर्ने उपकरण र सामग्री अभाव रहेको उनले बताए ।
गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो । यस्तै बिराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मङ्गलबार बिहान भुल्केका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार बेलुकी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



