

-
चौतारा । विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्ने कार्यमा तीव्रता आएको छ ।
चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताएका छन् । तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण गर्न आउने क्रम जारी रहेको छ । जिल्लामा हाल कोही पनि आइसोलेसन वार्डमा रहेका छैनन् । कोरोना भाइरस सङ्क्रमण आशङ्कमा स्वास्थ्य जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा उनीहरु सबैको नमूना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ । विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेसन कक्षमा राखिएको थियो ।
हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर, मेलम्ची, बाह्रबिसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



