

-
पर्सा । नेपाल औषधि व्यवसायी सङ्घ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । सङ्घ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो ।
तरकारी खरिद गर्न निस्केका अन्सारीलाई प्रहरीले दुव्र्यवहार गरी मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा सङ्घले पसल बन्द गराएको नेपाल औषधि व्यवसायी सङ्घ प्रदेश नं २ का महासचिव पप्पु झाले जानकारी दिए । उनले लकडाउनका क्रममा औषधि व्यवसायीमाथि प्रहरीले गर्दै आएको दुव्र्यवहारलाई रोक्न स्थानीय प्रशासनलाई पटकपटक जानकारी दिँदा पनि घटना रोकिनुको सट्टा पर्साका अध्यक्षमाथि नै दुव्र्यवहार भएपछि बाध्य भएर पसल बन्द गराउनु परेको बताए ।
जिल्लामा सञ्चालित औषधि पसल बन्द भएपछि उपभोक्ता भने मारमा परेका छन् । अतिआवश्यक औषधि खरिद गर्न नपाउँदा आफन्तको ज्यान नै जोखिममा पर्ने हो कि भन्नेमा उपभोक्ता चिन्तित छन् । यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग बुझ्दा उनले तोकिएको समयमा खाद्य सामग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गर्न स्थानीय प्रशासनले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेकाले अन्सारीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले बन्द गराइएका पसल तत्काल खोल्न सङ्घका पदाधिकारीसँग छलफल भइरहेको जानकारी दिएका छन् ।
News Desk 0 response आइतवार, बैशाख ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



