

-
जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् ।
गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका लागि शनिबार विदेशबाट आएका ४१ जना उपस्थित भए पनि किट २४ मात्रै भएकाले अन्य १७ जना परीक्षण नगरी फर्कन बाध्य भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले बताए । एक महिनाको अवधिमा आएका उनीहरु सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
कोरोना परीक्षणका लागि शनिबार किटसहित जिल्ला अस्पतालका चिकित्सक औसरसिंह राठौरसहितको टोली शिवालय पुगेको थियो । जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको सङ्ख्या धेरै हुँदा फर्काउनुपरेको डा राठौरले बताए । परीक्षण गरिएका २४ सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा राठौरले बताए । बाँकीको पुनः किटको व्यवस्था गरेर परीक्षण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले बताएका छन् । कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नुपर्ने भएकाले कम्तीमा शिवालय गाउँपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने शाहीको भनाइ छ ।
जाजरकोटमा हालसम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट २९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छ पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
एक महिनायता भारत र अन्य मुलकबाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुनसकेको छैन । सरकारले जाजरकोट जिल्लाका लागि ३०० आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र शङ्कास्पदको समेत परीक्षण गर्न सकिएको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । अहिलेसम्म परीक्षण गरिएका सबैमा नेगेटिभ रिपोर्ट आएको छ । उनले भने, “थप परीक्षणको दायरा बढाउन कम्तीमा तत्काल आवश्यक आरडिटी किट माग गरेका हौँ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ ।” रासस
News Desk 0 response आइतवार, बैशाख ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



