

-
सल्यान । कोरोना भाइरस परीक्षणका लागि र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ । जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगन गरिएको छ । जिल्लामा प्रदेशले सरकारले पठाएको सबै किट सकिएकाले जिल्लाका चार स्थानीय तहमा कोरोना परीक्षण तत्कालका लागि स्थगन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिएका छन् । गत चैत १ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको र्यापिड टेष्ट गर्ने कार्यक्रम तय भए पनि किट अभावमा स्थगन गरिएको उनले जानकारी दिए ।
अस्पतालले दुई टोली बनाएर जिल्लाका विभिन्न स्थानीय तहमा विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गत बिहीबारदेखि शुरु गरेको थियो । सो दिन २६३ को जाँच गरिएको थियो । शुक्रबार २३२ को र्यापिड टेष्ट गरिएको छ । कुमाख गाउँपालिकामा ११३, छत्रेश्वरी गाउँपालिकामा ६८ र सिद्धकुमाख गाउँपालिकामा ५१ जनाको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख डा बुढाले जानकारी दिए ।
जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिबार तथा आइतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो । तर किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१