

-
पोखरा । पोखरा महानगरपालिका–१९ मा शुक्रबार १८ जनाको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएकामा सबैको नतिजा नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा वडाले चैत महिनादेखि पोखरा आएकामध्ये तीन महिलासहित १८ जनाको आरडिटी परीक्षण गराएको वडाध्यक्ष शोभामोहन पौडेलले बताए ।
यसअघि पनि पोखरा–१९ ले केही व्यक्तिको आरडिटी परीक्षण गरेको जानकारी दिँदै उहाँले हालसम्म परीक्षण गरिएका ४१ मध्ये सबैको नतिजा नेगेटिभ आएको बताए । वडामा पहिलो चरणमा ८५७ लाई राहत वितरण गरिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले दोस्रो चरणमा पुनः ५०० को हाराहारीमा राहत सामग्री वितरण गर्नुपर्ने देखिएको बताएका छन् ।
यसैबीच गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा परेको भन्दै उनीहरूको स्थानीय तहले राम्रो रेखदेख गर्नुपर्ने बताए । पोखरा–१९ मा भइरहेको राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै उनले वडामा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अवस्था नराख्न वडाध्यक्षलाई आग्रह गरेका छन् ।
मजदुलाई राहत पनि नदिने र आफ्नो गन्तव्य जानसमेत रोक्न नहुनेमा जोड दिँदै उनले सजगताका साथ उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२