

-
वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो । कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्तिलगायत काममा समस्या उत्पन्न भइरहेको कारण त्यसलाई समाधान गर्न कल सेन्टर स्थापना गरी सहजीकरणको काम शुरु गरिएको मन्त्रालयले जनाएको छ ।
अब कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, पराल आदिको ओसारपोसारमा अवरोध भए वा कुनैपनि प्रकारको समस्या परे कल सेन्टरमा फोन गरेर सहयोग लिन सकिने मन्त्रतालयका सचिव डाक्टर योगेन्द्र कार्कीले जानकारी दिएका छन् । त्यसैगरी लकडाउनमा कृषि उपजको आपूर्तिलाई नियमित गरिएन भने आगामी दिनमा झन ठूलो समस्या आउने भएकोले कल सेन्टर शुरु गरेर प्रदेशका १३ वटै जिल्लामा सहजीकरण प्रारम्भ गरिएको मन्त्रालयका पशु विकास अधिकृत डाक्टर आभाष कोइरालाले जानकारी दिएका हुन् ।
उनका अनुसार कल सेन्टर सञ्चालन शुरु हुेनासाथ थुप्रै फोनहरु आइरहेको र अधिकांशका ढुवानीसँग सम्बन्धित समस्या रहेको छ । “हामी समस्या टिप्छौं र तत्काल समाधानको काम गर्छौँ”, उनले भने । कल सेन्टर लकडाउन अवधिभर बिहान ६ बजेदेखि साझ ६ बजेसम्म सञ्चालन गरिने उनले बताए । आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने जानकारी दिइएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२