

-
सिन्धुपाल्चोक । तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेपनि अहिले समझदारीमा आएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।
“खाद्यान्न ल्याउनुपर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ”, वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२