

-
दोलखा । दोलखाको तीन स्थानबाट २७ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको तीन स्थानीय तहले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका र २१ दिन नपुगेका २७ जनाको बुधबार आरडिटी प्रविधिबाट शुरु गरेको कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य एकाइले २७ जनामा आरडिटी प्रविधिमार्फत एन्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिएका छन् ।
सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं. ३ लामिडाँडाको पोखरेमा ११ गरी कुल २७ जनाको आरडिटी प्रविधिबाट एन्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जानकारी दिए ।
भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणका लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उनले बताए । आजसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने उनको भनाइ छ ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



