

-
सप्तरी । कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका सप्तरीका दुई जनाको पीसिआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।
भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भई फर्किएका सात जनाको मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी–१ तिलाठी र खडक नगरपालिका–११ बनौलीका जमातीहरुको पीसिआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि धरान पठाइएको थियो । मङ्गलबार परीक्षण गर्न नआएका राजविराज नगरपालिका–१० बिरौलका एक जमातीको बुधबार आरडिटी परीक्षण गरी स्वाब परीक्षणका लागि धरान पठाइएको छ । उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
राजविराज अस्पतालले योसमेत १८ जनाको स्वाब परीक्षणका लागि धरान पठाएको छ । तीमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बुधबार स्वाब पठाइएकाको रिपोर्ट आज मात्र आउने अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबारसम्म २९ जनाको आरडिटी किटबाट परीक्षण गरेको जनाएको छ । तीमध्ये २७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पोजिटिभ आएका दुई जनाको रिपोर्ट पिसिआर प्रविधिबाट बुधबार नेगेटिभ आएपछि सप्तरीवासीले राहत महसुस गरेका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१