

-
कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिएका छन् । प्रदेशमा आरटिपिसिआर र आरडिटी पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।
यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।
News Desk 0 response बुधबार, बैशाख ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



