

-
अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ ।
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ ।
कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गर्नु भएको विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ ।
उनले भनेका छन्, “कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ ।”
मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए ।
जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्राष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए । “संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ ।”
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१