

-
कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।
लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो सङ्ख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिएका छन् । ‘‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’’ बिसीले भने, लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’’
धनगढी उपमहानगरपछि ठूलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ ।
परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ । तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको संयोजक रावलले बताए । टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको ¥यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।
सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेका थिए ।
लम्की चुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु बीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बताइन्छ ।
क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमूना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा जगदीश जोशीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं. १ का वडाअध्यक्ष जनक बमले जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



