

-
प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ । त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतलगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी छ । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा विभिन्न जिल्लामा निर्माण गरिएको तीन हजार २३७ श्यया क्षमताको १४६ क्वारेन्टाइनमा ७२ महिला र ९२१ पुरुष गरी जम्मा ९९३ शङ्कास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष गरी जम्मा एक हजार २९४ व्यक्ति होम क्वारेन्टाइनमा छन् भने २१४ श्यया क्षमताको आइसोलेसनमा दुई महिला र १२ पुरुष गरी जम्मा १४ भर्ना रहेको बताए । रौतहटमा ७०५ श्यया क्षमताको १६ क्वारेन्टाइनमा अहिले १७ महिला र २०१ पुरुष गरी जम्मा २४१ जनालाई र तीन महिला एवं ४१ पुरुष गरी ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० श्यया क्षमताको आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको बताइएको छ ।
त्यस्तै बारामा ४०४ श्यया क्षमताको १४ क्वारेन्टाइनमा अहिलेसम्म पाँच महिला र ६३ पुरुष गरी जम्मा ६८ लाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए । बारामा अहिले दुई महिला र ५५ पुरुष गरी ५७ होम क्वारेन्टाइनमा छन् ।
पर्सामा २८६ श्यया क्षमताको १४ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १५ महिला र ७० पुरुष गरी ८५ जना क्वारेन्टाइनमा र दुई महिला र नौ पुरुष गरी ११ होम क्वारेन्टाइनमा छन् । पर्साका विभिन्न ठाउँमा रहेको ३० श्ययाको आइसोलेसनमा अहिले तीन शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।
सप्तरीमा ५८७ श्यया क्षमताको ३१ क्वारेन्टाइनमा अहिले सात महिला र २४७ पुरुष गरी जम्मा २५४ लाई निगरानीमा राखिएको छ भने सात महिला र १८८ पुरुष गरी १९५ होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ आइसोलेसन कक्षमा अहिले कुनै पनि बिरामी नरहेको बताइएको छ ।
सिरहामा २४६ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले १३ महिला र १२१ पुरुष गरी जम्मा १३४ र चार महिला एवं ७३ पुरुष गरी होम क्वारेन्टाइनमा ७७ रहेका छन् । त्यस जिल्लामा ४० श्ययाको आइसोलेसन रहेकामा त्यहाँ अहिले चार शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।
सचिव घिमिरेका अनुसार धनुषामा ३६२ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले छ महिला र ९३ पुरुष गरी ९९ जनालाई राखिएको छ । यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरी ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा १२ श्ययाको आइसोलेसन रहेकामा त्यहाँ दुई महिला र पाँच पुरुष गरी सात शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३२५ श्यया क्षमताको १७ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म २० महिला र ७७८ पुरुष गरी जम्मा ७९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा सात महिला र ६७ पुरुषलगायत ७४ जनालाई राखिएको छ । महोत्तरीमा २६ श्ययाको आइसोलेसन निर्माण गरिए पनि अहिले तिनमा कुनै पनि शङ्कास्पद बिरामी नआएको उनले जनाएका छन् ।
सचिव घिमिरेले सर्लाही जिल्लामा ३२१ श्यया क्षमताको २० क्वारेन्टाइनमा अहिले दुई महिला र ५९ पुरुष गरी ६१ रहेका बताए । उनले पाँच महिला र ४५ पुरुष गरी ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको बताए । त्यहाँ १५ आइसोलेसन कक्ष निर्माण गरिए पनि अहिले ती आइसोलेसनमा कुनै पनि शङ्कास्पद बिरामी आएका छैनन् ।
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



