

-
महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका छन् ।
यसबाहेक एन ९५ मास्क, पिपिईसमेत पर्याप्त नभएको स्वास्थ्यकर्मीको गुनासो छ । मस्र्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले भने, “यस संक्रमणको बेला हामीले थर्मल गन खोज्दा पनि पाउन सकेनौँ । सबैभन्दा महत्वपूर्णमध्येको एक थर्मल गन पनि हो, योविना बिरामीको ज्वरो थर्मामिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनाका साथै संक्रमणको उच्च जोखिमसमेत छ ।”
यस्तै ह्याण्ड स्यानिटाइजरसमेत अभाव भएकाले बिहीबार ५० थान ल्याइएको र सो पर्याप्त नभएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।
सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामग्रीको माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त प्राप्त गर्न नसकेको जनप्रतिनिधिको दुखेसो छ । हालसम्म जिल्लामा रहेका आठ स्थानीय तहमध्ये ती स्थानीय तहबाहेकमा २१ थर्मल गन छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी २९३ थान पिपिई छन् । जिल्लाभरि ४६५ मात्र ह्याण्ड स्यानिटाइजर छ । त्यस्तै भिटिएम २० वटा बेँसीशहर नगरपालिकामा रहेको जिल्ला सामुदायिक अस्पताल, क्विक रेस्पोन्स टिमका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताएका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



