

-
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
केसीका अनुसार लकडाउन शुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन् । लकडाउनको अवज्ञा गर्ने तीन हजार ५७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको जानकारी दिँदै उनले यस अवधिमा दुई हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिए ।
त्यस्तै यही चैत २१ गते मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



