

-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाएका छन् । सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि जनाएका छन् ।
महासङ्घका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले उक्त विज्ञप्ति सरासर झुट, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डालाई खारेज गर्नुपर्ने उनको भनाइ छ । “षड्यन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? क–कसले यसमा लगानी गरेका छन् ? क–कसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्छौँ”, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरूसमेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ, हामीलाई षड्यन्त्रकारीजस्तै यस्ता हर्कतको पछाडि लाग्ने कुनै फुर्सद छैन, बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौँ ।”
महासङ्घले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भन्नेमा कुनै सत्यता नभएको, बरू त्यो अत्यन्त हाँस्यास्पद र गैरजिम्मेवार भएको उल्लेख गरेका छन् । पत्रकारको छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नाङ्गो दुरूपयोग भएको थापाको तर्क छ ।
“काठमाडौँ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्मासँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ”, थापाको विज्ञप्तिमा भनिएको छ, “अझ राज्य सञ्चालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर सम्प्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ, मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ, बरू यस षड्यन्त्रमा संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो ।” भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि आफूले नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासामा विश्वकर्माले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थापाले उल्लेख गरेका छन् ।
“श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौँ ? यसको प्रमाण प्रस्तुत गरौँ । अन्यथा छायाँयुद्धको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौँ”, थापाले भनेका छन् ।
पत्रकार महासङ्घ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र सङ्गठन नभएको उल्लेख गर्दै थापाको अपिलमा भनिएको छ, “त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ, आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको सङ्घर्षमा कम योगदान गरेका छैनौँ, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन”
थापाले भनेका छन्, “कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस सङ्गठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकाङ्क्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न म आग्रह गर्दछु ।”
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



