

-
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा भेदन गर्न सहयोग पुग्ने बताएकी छिन् ।
त्रिसट्ठीऔं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना दिँदै सम्पूर्ण सहकारी सङ्घसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा संलग्न सरोकारवाला तथा सो क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीको सहयोग र मेहेनतबाट नै सहकारी अभियान सफल हुने बताउँदै उनले नेपालको पहिलो सहकारी संस्था ‘बखान’ स्थापना भएको ऐतिहासिक दिनको सम्झना गरी स्वावलम्बन र पारस्परिकताको माध्यमबाट छरिएर रहेको पूँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्ने कार्यमा सहकारी अभियानबाट मद्दत पुग्ने विश्वास व्यक्त गरिकी छिन् ।
विपन्नहरु आफैँ मिली सम्पन्नताको लागि गरिने आर्थिक र सामाजिक जागरणको अभियान नै सहकारी अभियान रहेको भन्दै मन्त्री अर्यालले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर दिगो एवं समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा स्वीकार गरेको उल्लेख गर्दै “संविधानमा सहकारीलाई सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापलाई अझै सशक्त एवं फराकिलो बनाएको छ”, उनले सन्देशमा भनेकी छिन् । संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारीमार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरणसम्बन्धी आयोजना, उद्योग, कलकारखाना सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।
“परम्परागत सहकारीको ढाँचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसँग जोड्नु अहिलेको समयको माग हो”, शुभकामनामा उल्लेख छ । सहकारीको पहुँच नपुगेको दुर्गममा तथा विपन्न वर्गलाई सहकारीतामार्फत स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधार सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पु¥याउन जरुरी रहेको उनले स्पष्ट पारेकी छिन् । आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशील हुँदै जाने मन्त्री अर्यालको विश्वास छ ।
कोरोना भाइरसको त्रासले निम्त्याएको विपदको अहिलेको समयमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको मन्त्री अर्यालले उल्लेख गरेकी छिन् । “मूल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समयसापेक्ष परिस्कृत गर्दै अगाडि बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्प्रर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुनेछ”, सन्देशमा भनिएको छ । रासस
News Desk 0 response बिहिबार, चैत्र २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



