

-
बाँके । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् ।नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपाल–भारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा अलपत्र परेका हुन् ।
मङ्गलवार खाना र खाजाको व्यवस्था गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुहरुले चाहेर पनि उनीहरुलाई नेपाल प्रवेश गराउन नसकेको बताएकी छिन् । उनका अनुसार, सीमा नाकामा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताएका छन् । “उनीहरुलाई सीमा क्षेत्रमै राखेर खानेबस्ने व्यवस्था मिलाएका छौँ, उनीहरु उतै क्वारेन्टाइनमा बस्नेछन्”, उनले भने, “अबैध बाटो भएर नेपाल प्रवेश भएकालाई क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था मिलाएका छौं ।”
नेपालगञ्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको सङ्ख्यामा नेपाली अलपत्र परेका छन् । उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि अलपत्र परेका हुन् । राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् ।
News Desk 0 response बुधबार, चैत्र १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२