

-
बाँके । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् ।नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपाल–भारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा अलपत्र परेका हुन् ।
मङ्गलवार खाना र खाजाको व्यवस्था गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुहरुले चाहेर पनि उनीहरुलाई नेपाल प्रवेश गराउन नसकेको बताएकी छिन् । उनका अनुसार, सीमा नाकामा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताएका छन् । “उनीहरुलाई सीमा क्षेत्रमै राखेर खानेबस्ने व्यवस्था मिलाएका छौँ, उनीहरु उतै क्वारेन्टाइनमा बस्नेछन्”, उनले भने, “अबैध बाटो भएर नेपाल प्रवेश भएकालाई क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था मिलाएका छौं ।”
नेपालगञ्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको सङ्ख्यामा नेपाली अलपत्र परेका छन् । उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि अलपत्र परेका हुन् । राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् ।
News Desk 0 response बुधबार, चैत्र १९, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



