-
खाँदबारी । सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, तीन थान आईसीयू बेड, एक थान प्यासेन्ट मनिटर तीन थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताएका छन् । भेन्टिलेटर सुविधा भएको जडान हुने सङ्खुवासभा पहिलो पहाडी जिल्ला भएको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच रु एक करोड पाँच लाखको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गरेका छन् । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताए ।
जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालीम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ । रासस
News Desk 0 response बुधबार, चैत्र १९, २०७६
सम्बन्धित शीर्षकहरु
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै हिरासतमा रहने
सोमवार, पुस २९, २०८१-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१