

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर सो परिपत्र गरेको हो ।
विभागले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको छ । सहकारीमा न्यून तथा मध्यम आय भएका व्यक्तिले थोरैथोरै गर्दै गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरुको यो बचत भोलि आउने अप्ठ्यारोका लागि हो । अहिले शहरी गरिब तथा न्यून र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेको छ । उनीहरुलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नुस्, विभागले भनेको छ ।
उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।
News Desk 0 response बुधबार, चैत्र १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



