

-
बैतडी । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम गर्न ११ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कोरोना भाइरसका सम्भावित बिरामीका बारेमा खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जानकारी दिएका छन् । जिल्ला अस्पतालका अनुसार एम्बुलेन्समा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर सम्भावित कोरोना सङक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका छन् ।
त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र सो भाइरसका सम्भावित बिरामीसँंग गर्ने व्यवहारका बारेमा तालिमसमेत प्रदान गरिएको छ । अहिले जिल्लामा सो भाइरसका सम्भावित बिरामी भेटिएका छैनन् । भारत तथा अन्य मुलुकबाट जिल्ला फर्केकालाई यहाँका स्थानीय तहले क्वारेन्टाइमा राखी दैनिक स्वास्थ्य जाँच गर्न थालेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१