

-
सुर्खेत । भारतमा कोरोना भाइरसको त्रासपछि हिमा गाउँपालिका जुम्लाका २४ जना रातारात गाउँ पुगे । नेपालमा भएको ‘लकडाउन’ को कुनै पर्वाह नगरी गाउँ पुगेका उनीहरुलाई गाउँपालिकाले स्थानीय राजदेव माध्यमिक र भानु माध्यमिक विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण नदेखिए पनि गाउँलेहरु भने त्रसित छन् ।
भारतबाटै फर्किएका जाजरकोटका ११ जना नेपालगञ्ज क्वारेन्टाइनबाट भागेर गाउँ पुगे । क्वारेन्टाइनबाट भागेपछि चौतर्फी खैलाबैला मच्चियो । भेरी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा भारतबाट फर्किएकाहरुलाई घरमै क्वारेन्टाइनका रूपमा बस्न आग्रह गर्यो । त्यस्तै दैलेखमा बुधबार एकैपटक १० जनालाई उच्च ज्वरो देखियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थानीयवासीमा त्रास छायो ।
जुम्ला, जाजरकोट र दैलेखका यी केही प्रतिनिधिमूलक घटनाबाट प्रष्ट हुन्छ, सहर–बजारसँगै ग्रामीण भेगमा समेत कोरोना भाइरसको सन्त्रास छाएको छ । कर्णालीबाट बर्सेनि पैसा कमाउन भारतका विभिन्न स्थान जाने सङ्ख्या बढी छ । खेतीबालीको काम सकेर, चाडपर्व मानेर यहाँबाट सयौँका सङ्ख्यामा भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् । भारतमा कोरोना भाइरसले महामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरु फर्कने क्रम शुरु भएको हो ।
छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकाहरुलाई कोरोना सङ्क्रमणको आशङ्का गर्ने गरिएको छ । होटल व्यवसायी सङ्घ कर्णाली प्रदेश संयोजक तर्कबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई उडान बन्द, छिमेकी मुलुकसँगका नाकाहरु बन्द र लकडाउनमा ढिलाइ हुँदा गाउँ फकिर्नेहरुको सङ्ख्या बढेको बताए । “गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टाइन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउन नसके गाउँमा भयावह अवस्था निम्तिन सक्छ,” उनले भन, “गाउँमा पनि त्रास बढेको छ, वैदेशिक रोजगारीबाट आउनेहरू गाउँ पुगिसकेको अवस्था छ, स्थानीय तहले गाउँ भित्रिने आगन्तुकको निगरानी राख्न सके कोरोना भाइरसविरुद्धको प्रतिकार्य योजना प्रभावकारी हुनसक्छ ।”
प्रदेश सरकारले चैत पहिलो साता भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र फर्कन आह्वान गरेपछि अव्यवस्थितरूपमा भित्रिने क्रम बढेको बताइएको छ । “सरकारले जो जहाँ भएपनि सुरक्षित हिसाबले बस, आउजाउ नगर भन्नुपथ्र्यो, उल्टै बोलाउने काम भयो,” सुर्खेत चेम्बर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्माले भने, “प्रदेश सरकारको यही त्रुटिपूर्ण निर्णयले भारतमा रहेका नेपालीहरुमा झन् त्रास फैलियो ।” क्वारेन्टाइन निर्माणमा ढिलाइ हुँदा भारतबाट फर्केकाहरु सरासर गाउँ जान सफल भएको उहाँले बताए । “१४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि प्रदेश सरकारले आवश्यक तयारी नगर्दा उनीहरु गाउँ पुगे, अहिले गाउँमा त्रासैत्रास छ”, अध्यक्ष शर्माले बताए ।
प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार शय्याका क्वारेन्टाइन निर्माण गर्न यहाँस्थित नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले शुक्रबार मात्र निर्माण कार्य पूरा ग¥यो । निर्माण ढिलाइले अन्ततः भारतबाट फर्केका १०२ जनालाई होटल अशोका र आत्मनिर्भर समाजको होस्टेलमा राखिएको थियो । होटलमा बसेकालाई आज घण्टाघर, खुलामञ्चस्थित क्वारेन्टाइनमा सारिएको छ । होटल क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म ज्वरो रुघाखोकीको समस्या नदेखिएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कोरोना भाइरसविरुद्ध प्रतिकार्य अभियानअन्तर्गत स्वास्थ्य क्षेत्रको संयोजन गरिरहनुभएका प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सङ्क्रमण फैलिएका मुलुकबाट मानिसहरु रातारात गाउँ फर्किएपछि गाउँ–बस्तीहरुमा पनि जोखिम देखिएको बताए । प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमित बिरामी भित्रिन नदिन उच्च सर्तकता अपनाएको उनको जिकिर छ । “हामीले शुरुमै नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँचमा कडाइ ग¥यौँ, भारतबाट आउनेलाई समयमै व्यवस्थापन गर्न नसक्दा केही समस्या देखिए पनि अहिलेसम्म कर्णालीमा कोरोना भाइरसका बिरामी फेला नपर्नु सुखद सन्देश हो,” मन्त्री रावलले भने, “विश्वव्यापी महामारीका रूपमा फैलिइरहेकाले मानिसहरुमा केही त्रास छाएको हो ।”
भारतबाट फर्केकाहरु धमाधम गाउँ पुगेपछि प्रदेश सरकार कोरोनाविरुद्धको अभियान गाउँ केन्द्रीत गर्ने निर्णयमा पुगेको हो । विहीबार प्रदेश सरकारका मन्त्री र सचिवहरुको संयुक्त बैठकले स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन निर्माणका साथै शङ्कास्पद व्यक्तिहरुको खोजी गरी तत्काल उपचारको व्यवस्था मिलाउने निर्णय गर्यो । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भने, “विदेशबाट फर्कर्नेहरुका कारण गाउँमा पनि कोरोना भाइरसको जोखिम बढी रहेको देखियो, त्यही भएर प्रतिकार्य अभियानलाई गाउँ केन्द्रित गर्ने भएका हौँ ।” प्रदेश सरकारकै निर्देशनअनुसार कर्णालीका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माणका साथै जनचेतनामूलक अभियानलाई तीव्रता दिएका छन् । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



