

-
टोकियो । अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो ।
जापान आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण ओलम्पिक खेलसमेत प्रभावित हुुने देखेपछि तत्कालका लागि ओलम्पिक खेल स्थगन गर्ने पक्षमा देखिएको हो । जापानी प्रधानमन्त्री आवेले टोकियो ओलम्पिक खेल आयोजक समितिका प्रमुुख योशिरो मोरीसँग समेत सल्लाह गरी सोमबारको संसदीय समितिमा खेल पूर्ण रुपमा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि खेल केही समय पछाडि सार्नका लागि ओलम्पिक कमिटीलाई आग्रह गर्ने बताएका थिए ।
नयाँ मिति घोषणा गर्ने भन्नेमा नै वार्ता केन्द्रित भए पनि खेल कहिलेसम्म सार्ने भन्ने निश्चित नभएको जापानी समाचार एजेन्सी एनएचकेले जनाएको छ । खेल आयोजक राष्ट्र जापानले भने सकेसम्म ओलम्पिक खेललाई तोकिएको मितिमा नै पूरा गर्न चाहे पनि देशभित्र र बाहिरको वातावरण उपयुुक्त नदेखिएपछि अन्ततः खेल सार्न तयार भएको हो ।चार महिना पछाडि शुरु हुन लागेको ओलम्पिक खेल एक पटक मिति सार्दा तीन अर्ब असी करोड डलर घाटा लाग्ने आयोजकले जनाएको छ । अहिलेसम्म जापानमा झण्डै एक हजार ८ सय सङ्क्रमित बिरामी रहेकाले यसलाई नियन्त्रण गर्न जापान सरकार केन्द्रित बनिरहेको छ ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



