

-
तनहुँ । कोभिड–१९ सङ्क्रमण भएको मापन गर्ने थर्मल गन पर्याप्त नहुँदा तापक्रम परीक्षणमा समस्या भएको छ । जिल्लामा हालसम्म चार मात्र थर्मल गन भएकाले तापक्रम परीक्षणमा समस्या भएको हो । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडामा दुई तथा दमौली अस्पताल र आँबुखैरेनी गाउँपालिकाले पुलजिपमा सञ्चालन गरेको हेल्थ डेस्कमा एक एक मात्र थर्मल गनको व्यवस्था गरिएको छ । करीब ७२ किलोमिटर लामो राजमार्ग क्षेत्रमा रहेको तनहुँमा कोडिभ १९ को जाँचमा आवश्यक सामग्रीको अभाव रहेको हो ।
थर्मल गन नेपालमा नबन्ने र विदेशबाट मगाउनुपर्ने अवस्था भएकाले अहिले यहाँ रहेका सीमित गनले काम सञ्चालन गरिँदै आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो । तनहुँमा रहेका दश पालिकालाई एकएक थान दिँदा पनि दश थान आवश्यक पर्छ । उहाँले भन्नुभयो, “हामीकहाँ भएको स्रोत साधनले काम गर्दै थर्मल गन व्यवस्थाका लागि पहल गरिरहेका छौँ ।” पोखरा र काठमाडौँबाट थर्मल गन मगाउने योजनाका साथ प्रक्रिया अघि बढेको प्रजिअ अधिकारीले बताउनुभयो ।
यसैबीच जिल्ला छिर्ने नाकामा कडाइका साथै जिल्लाका दशै स्थानीय तहमा जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको छ । तनहुँ प्रशासनलगायत सबै स्थानीय तहबाट अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको छ । कोरोना भाइरस सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । राजमार्ग तथा अन्य जिल्लाबाट आउने यात्रु तथा जिल्लाका स्थानीय तहले सञ्चालनमा ल्याएका स्वास्थ्य कक्षमा आगन्तुकको तापक्रम परीक्षणका लागि प्रयोग गरिने थर्मल गनको अभाव खड्किएको सम्बन्धित निकायले समेत महसुस गर्न थालेका छन् ।जिल्लाका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यासनगर, शुक्लागण्डकी र भिमाद नगरपालिकाले आपत्कालीन कोष खडा स्थापना गरी सबै स्थानीय तहका वडा तहसम्म जतिसक्दो चाँडो प्रतिकार्य समिति गठन गर्ने गरी काम गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



