

-
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु राम्रो हुने बताए ।
“लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्रमात्र लगाउनुपर्ने भएपनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अनुरोध गर्दछु”, उनले भने । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि आगामी चैत १८ गते साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ११, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



