

-
दमौली । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको छ । जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच श्यया क्षमताको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री भवनमा आठ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिका र स्थानीयवासीको लागत साझेदारी गरी रु ९८ लाखको लागतमा सो भवन बनाइएको हो । आइसोलेसन कक्षका लागि आवश्यक श्यया दमौलीस्थित नीजि अस्पतालले सहयोग गरेका छन् । दाहाल मेडिकल हल र एपोलो अस्पतालले चार÷चार श्यया उपलब्ध गराएका छन् । आइसोलेशनमा दमौली अस्पताल र नीजि स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी म्याग्दे गाउँपालिकाले जामुने स्वास्थ्यचौकीमा आइसोलेशन कक्ष तयार गरेको छ । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि म्याग्दे गाउँपालिका–३ स्थित जामुने स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष तयार गरिएको हो । पूर्व तयारी स्वरुप स्वास्थ्यचौकीमा पाँच श्ययाको कक्ष तयार गरिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद विरामीको उपचार गर्ने, खकार र सिगानको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार स्वास्थ्यचौकीको माथिल्लो तल्लामा तयार गरिएको आइसोलेशनमा विरामीलाई राखिने र थप उपचार गर्नुपर्ने भए दमौली अस्पतालमा रिफर गरिनेछ ।
देवघाट गाउँपालिकामा पनि आइसोलेशन कक्ष स्थापना गरिएको छ । देवघाटमा रहेको धर्माथ अस्पतालमा पाँच श्ययाको आइसोलेशन स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । कोरोनाको शङ्कास्पद विरामीलाई तत्कालै गाउँपालिकामा नै राखेर उपचार गर्न सहज् होस भनेर सो कक्ष स्थापना गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार आइसोलेशनमा उपचार गर्ने विरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ ।
यस्तै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२ र बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।
म्याग्देका विद्यालयमा क्वारेन्टाइन बनाइने
म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । जामुने स्वास्थ्यचौकीमा पाँच श्ययाको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । कोरोनाका शङ्कास्पद व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।यसैगरी क्षेत्रीय होटल सङ्घ तनहुँले जिल्लास्थित होटलका कोठालाइ क्वारेन्टाइन बनाउन सहयोग गर्ने जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले प्रेस विज्ञप्ति जारी गरी होटलका कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाउनुभयो । रासस
News Desk 0 response मङ्लबार, चैत्र ११, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



