

-
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरसबाट जोगिन छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । उहाँका अनुसार वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा आइसोलेसन वार्ड तथा फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ ।
स्थापना गरिएको फिवर क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामीको मात्र जाँच गरिने व्यवस्था गरिएको छ । अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा कोरोना भाइरसको शङ्कास्पद बिरामीको नमूना सङ्कलन गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दासले जानकारी दिनुभयो । गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मी पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिँदै उहाँले अस्पतालभित्र सेवा लिन आउने सेवाग्राहीका लागि कोरोना भाइरसबाट जोगिन साबुनपानीले हात धुने व्यवस्थासमेत गरिएको बताउनुभयो ।
यस्तै सप्तरीको राजविराज हनुमानगर रोडमा रहेको साइकृष्णा मेडिकल कलेजको भवनमा क्वारेन्टाइनका रूपमा प्रयोग गरिने तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा दासले बताउनुभयो । अस्पतालको फिवर क्लिनिकमा आएका शङ्कास्पद बिरामीलाई साइकृष्णा मेडिकल कलेज भवनको क्वारेन्टाइनमा निगरानीमा राखेर उपचार गरिने छ । त्यस्तै राजविराजको छिन्नमस्ता अस्पताल र युनिक अस्पतालले समेत शङ्कास्पद बिरामीका लागि २० श्ययाको आइसोलेसन वार्ड राखेको बताइएको छ ।
News Desk 0 response सोमवार, चैत्र १०, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



