

-
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नोवेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शै्ययाको आइसोलेन वार्ड छुट्याएको छ । कोरोनाका शङ्कास्पद बिरामी राख्न प्रतिष्ठानले १०० क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले १५ शै्ययाको आइसोलेसनसँगै अस्पतालमा छुट्टै फिभर क्लिनिक सञ्चालन गरिएको जानकारी दिनुभयो । निर्देशक डा रावलले भन्नुभयो, “हामीले डा. धिरज गुरुङको नेतृत्वमा ‘र्यापिड रेस्पोन्स’ टोली निर्माण गरेका छौँ, यसले कोरोनाका सम्बन्धमा आउने समस्याको शीघ्र समाधानमा ध्यान पुर्याउने छ ।”
कोरोनाको रोकथामका लागि जुम्लाका पाँच नाकाको आवागमनमा कडाई गर्ने हेतुले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य, रेडक्रस, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो । कालीकोटको नाग्म, मुगु आउनेजाने बुडु र भूलभुले, डोल्पा र जाजरकोट जोड्ने मणिसाँघु, जुम्ला विमानस्थलको आवागमनमा कडाँ जाँच गर्ने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक डा. रावलले बताउनुभयो ।
अस्पतालको बहिरङ्ग कक्षमा भीडभाड हुन नदिइएको बताउँदै उहाँले पाँच नाकामा बस्ने जनशक्तिलाई तालिम दिने, व्यवस्थापन गर्ने अनुगमन तथा निरीक्षणको व्यवस्था मिलाइएको जनाउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा हुम्लाको हिल्सा नाकामा हेल्थ डेस्क स्थापनागरी कोरोना जाँच कार्यलाई प्रभावकारी बनाउन डा. अशोक गौतम नेतृत्वको तीन सदस्यीय टोली एक महीनाका लागि पठाएको छ ।
जिल्लास्तरीय कार्यान्वयन तथा अनुगमन समिति एवम् जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकमा सरोकारवाला सबैसँग छलफलगरी जुम्लाका प्रमुख नाकाबाट आवश्यक वस्तु भित्र्याएर लक डाउन गर्ने निर्णय भएको बताउनुभयो । “हामीले यो प्रकोपसँग जुध्न उच्च तयारी गरेका छौँ”, प्रजिअ बञ्जाडेले भन्नुभयो, “स्थानीय तहका प्रमुख एवम् वडाध्यक्षको समन्वयमा नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङलगायतले आवश्यक वस्तु उपलब्ध गर्ने निर्णय भएको छ ।”
उहाँले क्वारेन्टाइनका लागि थप समस्या सम्बोधन गर्न जिल्लाको कुनै विद्यालय छनोट गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार खानेपानी, स्वास्थ्यसहितका आवश्यकता आपूर्तिका लागि सरोकारवाला सबै रहनेगरी उपसमिति गठन गरिएको छ । कोरोनाको रोकथामका लागि जिल्लाका राजनैतिक दल, नागरिक समाज, पत्रकार, अधिकारवादीलाई एकजुट भएर लाग्न आग्रह गरेको जनाइएको छ । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



