-
म्याग्दी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत भोली सोमबारदेखि २९ गतेसम्म यहाँ दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ ।
यही चैत १० देखि १८ गतेसम्म धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन हुनेछन् । अभियानका क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गरिने उहाँले बताउनुभयो ।
जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई भेगमा फरक–फरक टोली गठन गरिएको छ । प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पु¥याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सो खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ध्रुव गिरीले बताउनुभयो ।
बालमृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।
यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गरेको स्थायी परिवार नियोजन स्वास्थ्य शिविर कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयमा शनिबार बसेको बैठकको निर्णयअनुसार शिविर स्थगित गरिएको कार्यालयका परिवार नियोजन सुपरीवेक्षक नारायणप्रसाद रेग्मीले बताउनुभयो । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१भारतको कर्नाटकमा दुई जना बालबालिकामा (एचएमपीभी) सङ्क्रमण पुष्टि
सोमवार, पुस २२, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१